तिनाउ-१,ओखलढुंगा,पाल्पा

९८४७१७९८८२

हाम्राे बारेमा | विद्यालयको परिचय

विद्यालयको परिचय

ऐतिहासिक पृष्ठभुमि पाल्पा जिल्लाको डेडु दोभान गाँउ पञ्चायत वडा नं। ५ स्थित ओखलढङ्गा गाउँमा शिक्षाको कुनै अवसर नभएको अवस्थामा बाहिरबाट कक्षा ८ र १० उत्तीर्ण मानिसहरुलाई बोलाई चउरमा वसी सामान्य अक्षर चिनाउने र लेखपढका कुराहरु गर्दै आइरहेको थियो । यसै समयमा ओखलढुङ्गाका स्थानीय समुदायबाट पैसा र अन्नपातहरु उठाई प्रत्येक टोलमा १ शिक्षक राखी चउरमा बसेर पढ्ने गरिन्थ्यो । त्यतिबेला ओखलढुङ्गा जिम्माल टोल र मुखिया टोल गरी दुई टोलमा विभाजित थियो । त्यसपछि जिम्माल टोलका शिक्षाप्रेमी श्री कोकल सिं बगाले , श्री केहेर सिं सार्की र श्री मुलुङ सिं घर्ति मगरको अगुवाईमा प्र। अ। -हालको रिब्दीकोट गा। पा।- मा पर्ने डबका धतुरेका श्री इमान सिं कुँवरद्वारा स्थानीय स्रोतबाट व्यहोर्ने गरी ३ कोठे भवन निर्माण गरी जि। शि। का। पाल्पाबाट मिति २०२७र०२र२२ गतेबाट लागु हुनेगरी श्री नेपाल राष्ट्रिय ज्ञानोदय प्राथमिक पाठशालाको रुपमा अस्थायी -अनुमति-प्राप्त गरी सुरु भएको हो । विद्यालयको नामाकरण गर्ने क्रममा त्यतिबेलाका शिक्षा प्रेमीहरुको सल्लाह बमोजिम ज्ञानंउदय अर्थात ज्ञानको सुरुवात गर्ने वा ज्ञान दिने ठाउँको रुपमा राखिएको पाइन्छ । वि। स। २०४८ साल पछि यो फेक गा। वि। स। बाट छुट्टिई कचल गा।वि।स। वडा नं। २,स्िथत पर्दछ । मिति २०३१र०८र३० मा श्री ज्ञानोदय प्रा।वि। फेक—५,ओखलढुङ्गा पाल्पामा विद्यालय कक्षा १—३ सम्मको स्वीकृत प्राप्त भएको जि ।शि।का।पाल्पाबाट शिक्षक दरवन्दी कोटा प्राप्त गरी प्र।अ।श्री केशव राज बश्याल ,श्री गोकर्ण बहादुर सुनारीको अध्यक्षतामा सहयोग समिति निर्माण भएको थियो । सोही समितिबाट २०३५र१०र२९ सालमा धरौटी रु४०००।– जम्मा गरी मिति २०३५र१०र२५मा श्री ज्ञानोदय नि।मा।वि। को रुपमा अस्थायी रुपमा कक्षा ४ सञ्चालन गर्न अनुमति प्राप्त भयो त्यसैगरी मिति२०३९र११र१० देखि कक्षा १—५ सम्म प्रा।वि।भएकोले ५ वटा शिक्षक दरवन्दी स्वीकृत प्राप्त भयो । मिति २०४१र२र२१ गते देखि यस विद्यालयले नि।मा।वि। को रुपमा कक्षा ६को स्थायी स्वीकृत प्रदान गरी नि।मा।वि। कोटा २ पद शिक्षक दरवन्दी प्राप्त भयो ।मिति २०४१र११र८ मा कक्षा ७ स्वीकृत भएको र १ शिक्षक दरवन्दी प्राप्त भयो । यसरी हेर्दा मिति २०३१ देखि २०४२ फागुन सम्म प्र।अ।श्री केशवराज बश्यालको महत्वपूर्ण देन देखिन्छ । मिति २०४४र११र१८ देखि शिक्षक दरवन्दी प्रा।वि। ५र नि।मा।वि।३ शिक्षक नियुक्ती –थप १ सहित - सञ्चालन भयो ।मिति २०४२ साल देखि २०४६ असार सम्ममा प्र।अ।हरुको फेरबदल भईरहेको पाइन्छ । जसमा श्री पदम प्रसाद बस्याल ,श्री पिताम्बर गैरे ,श्री कमल राज काफ्ले तथा श्री कृृष्ण प्रसाद पाठक यस बिचमा त्यति उल्लेखनीय कार्य भएको देखिदैन । मिति २०४६र३र२० देखि श्री डोल बहादुर लम्तरीको नेतृत्वमा विभिन्न कार्य भएको पाइन्छ । मिति २०५६ सालमा धरौटी रकम रु।१,००,०००।– जम्मा गरी १ जना शिक्षकलाई रानाीढुङ्गा सामुदायिक वन कचल १ बाट र १ जना शिक्षक गा।वि।स। र वडा नं। २ बाट राख्ने गरी प्रस्तावित मा।वि। सञ्चालन गरियो । त्यसैगरी मिति २०५७र७र७ मा जि।शि।का। पाल्पाबाट कक्षा ९ र मिति २०५८र५र१९ मा कक्षा १० को अस्थायी अनुमति प्राप्त भयो । त्यसैगरी मिति २०६४ साउनमा १ प्रा।वि। राहत दरवन्दी र मिति २०६५ साल जेष्ठतिर मा।वि। ३ राहत दरवन्दी प्राप्त गरी हाल प्रा ।वि। स्वीकृत दरवन्दी — ६,प्रा।वि। राहत दरवन्दी— १ गरी ७ वटा ,नि।मा।वि। ३ वटा स्वीकृत दरवन्दी र मा।वि। राहत दरवन्दी ३ गरी जम्मा १३ दरवन्दी प्राप्त गरी सञ्चालित छ । त्यस्तै गरी २०७४ सालमा उच्च शिक्षा परिषदबाट कक्षा ११ र१२ को अनुमति प्राप्त गरेकोमा २०७५ बाट कक्षा ११ र २०७६ बाट कक्षा १२ को अध्ययन सुरु गरिएको छ । यहाँसम्म आउँदा पूर्व अध्यक्षहरु श्री गोकर्ण बहादुर सुनारी ,श्री ओम बहादुर घर्ित मगर र पूर्व प्र। अ। हरु क्रमशःश्री इमानसिं कुँवर ,श्री केशबराज बश्याल ,श्री पदम प्रसाद बश्याल ,श्री पिताम्बर गैरे ,श्री कमलराज काफ्ले ,श्री कृष्ण प्रसाद पाठक ,श्री डोल बहादुर लम्तरी ,श्री सुन्दर सेढाई जस्ता व्यक्ितत्वहरुको महत्वपूर्ण देन रहेको पाईन्छ । यस विद्यालय कचल गा।वि।स। को पूरानो मा।वि। का रुपमा स्थापना भई सेवा प्रदान गर्दै आइरहेको छ । -ख- भौगोलिक अवस्था मिति २०७१र१र२४ गते न्एक् च्भबमष्लन को माध्यमबाट विद्यालय नक्साङकन गर्दा यस ज्ञानोदय मा।वि। तिनाउ –१ ओखलढुङ्गा पाल्पा द्दठ० ठढुछटु उत्तरी अक्षांश र ण्डघण् द्धण् ुज्ञद्धद्धुदेशान्तरमा फैलिएको यो विद्यालय समुन्द्र सतह देखि ११०० मिटर उचाइमा रहेको छ । यो विद्यालय २२ से राज्य अन्तर्गत पर्ने पाल्पाको ऐतिहासिक स्थल रिसिङ-रिङसिङ- डाँडाको दक्षिण मोहडाको फेदिमा रहेको तिनाउ गा।पा। वडा नं १ अन्तर्गत मुखियाटोल ओखलढुङ्गामा अवस्थित छ यो विद्यालय नेपालको ५ नं प्रदेशको पाल्पा जिल्लाको दक्षणि पश्चिम विकट स्थानमा छ । यो चुरे डाँडा अन्तर्गत रहेको छ । यहाँको हावापानी समशीतोष्ण-अर्धोष्ण- रहेकोले न धेरै जाडो न धेरै गर्मी छ । यहाँ पतझर किसिमका वनस्पति पाइन्छन् । यस गाउँमा गाउँको नामाकरण भएको ओखल सहितको ढुङ्गा , अग्लो ढुङ्गा -घाङचलुङ- , घिचिन ओडार -गुफा- , रमाइलो डाँडा –जहाँबाट कचल गा। वि। स। को अधिकांश भाग देखिन्छ- , अम्रिसो खेति , मगर संस्कृति आदि हेर्न लायकका स्थानहरु हुन् । -ग- विद्यालय समुदायको बनोट ः यस विद्यालयको सेवा क्षेत्र भित्र मगर जातिको बाहुल्यता रहेका देखिन्छ । यस क्षेत्रमा ३३१ घरधुरी मध्ये ३०० घर मगर २६ घर कामी ३ घर सार्की १ घर क्षेत्री १ घर कुमाल रहेका छन् । जनसंख्या १६७१ रहेको छ जसमा ८२४ पुरुष र ८४७ महिला रहेका छन् । यस विदरयानयको सेवा क्षेत्र भिक्र ४ घर त्रिश्चियन र बाँकी सबै हिन्दुधर्म मान्ने मान्छेहरु रहेका छन् । यहाँको मुख्य चाडपर्वहरु बैशाख पूर्िणमा , साउने सक्रान्ति , तीज , दशै , तिहार , न्वागी , माघे सत्रान्ती , फागु पूर्िणमा रहेका छन् । यहाँ मगरहरुको बाहुल्यता रहेकाले मगर संस्कार र संस्कृति हावी देखिन्छ । यहाँका सबै मानिस नेपाली भाषा -राष्िट्रय भाषा- प्रयोग गर्दछन् । पेशाका रुपमा हेर्दा नगन्य रुपमा नेपाल प्रहरी , नेपाली सेनामा भर्ति भई नोकरीमा लागेका छन् । केही शिक्षण पेशामा कार्यरत छन् । त्यस्तै स्थानिय चुनढुङ्गा उद्योगमा काम गरेका छन् । धेरैजसो मानिस नेपाल भित्रका विभिन्न जिल्लामा लिसो कम्पनीमा कार्यरत छन् । केहि भारत लगायत खाडी मुलुकमा गएको पाईन्छ । यहाँ स्थानिय रुपमा बाख्रापालन , मौरी पालन , बङगुर , कुखुरा , भैसी पालन जस्ता व्यवसाय हुन् भने यहाँको मुख्य आम्दानीको स्रोत वेसारको -सुठो- , अम्रिससो कुचो , तेजपत्ता , वावियो -खर- को जिउरो , अदुवा आदि रहेको पाईन्छ । यहाँका मानिसहरुको आर्िथक अवस्था केहिको राम्रो , केही मध्यम र धेरै जसोको जीवन यापन निम्न स्तरको छ । -घ- सेवा क्षेत्रको परिभाषा ः खासगरी सेवा क्षेत्र भन्नाले यस विद्यालयमा भर्ना भई अध्ययन गर्न आउने विद्यार्थीको टोल , गाउँ , वडालाई मानिस आएको छ । यस विद्यालयको मुख्य सेवा क्षेत्र प्रा। वि। तहको लागि तिनाउ वडा नं। १ ओखलढुङ्गाका मुखिया टोल र जिम्माल टोल रहेका छन् । त्यसैगरी नि। मा। वि। र मा। वि। तहको लागि तिनाउ गा। पा। कुडापानी , ताल , मुर्थुङ , आरखुदी , बुढिकोट , काफलबारी ,र तिनाउ — २ को सालधारा टोल रहेका छन् ।

सामाजिक अवस्था

मानव बसोबासको हिसाबले विभिन्न जातजातिहरु थारु, राजभर, गुप्ता, चमार, दुसाध, मुसहर, कुर्मी, धोबी, बाहुन, क्षेत्री आदिको बाहुल्यता रहेको छ । धार्मिक हिसाबले यो क्षेत्र हिन्दु, बौद्ध, क्रिश्चियन, मुसलमान जस्ता धार्मिक आस्थावान भएतापनि धार्मिक सहिष्णुता रहेको पाइन्छ ।

विद्यालयको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि

यस त्रिभुवन मा.वि. बेलाटारीको स्थापना प्रतापपुर गा.वि.स. निवासी स्व. निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र.अ.को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।

२०२८ सालको नयां शिक्षा योजना अनुसार यस विद्यालयलाई जिल्लामा पांचौ मा.वि.स्तरको स्वीकृति प्राप्त भयो । तत्पश्चात विद्यालय संचालनमा आवश्यक विभिन्न शैक्षिक एंव भौतिक सुविधा जुटाउंदै २०५१ सालमा प्राथमिक स्तर अलग्गै सञ्चालन गर्न विद्यालयको दक्षिण तर्फ ०–४–० कठ्ठा जग्गामा पक्की भवनको सिलान्यास गरी पठनपाठन कार्य सुरु गरियो । आ.प्रा.शि.प. अन्तर्गत आ.व. २०५६÷०५७ मा २ वटा ब्लक र प्रतापपुर गा.वि.स. एंव विद्यालयको आन्तरिक श्रोतबाट २ कोठे भवन निर्माण कार्य सम्पन्न भयो । यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०+२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु.४ लाख संकलन गरी २०५३÷०३÷२७ गते उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा तथा मानविकी संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।

२०५९ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ, २ कोठे प्रा.वि. भवन विद्यालयको उत्तर तर्फको पर्खाल निर्माण गर्नुको साथै सन् २००३ , १५ अगस्तका दिन भारतीय राजदुतावासबाट स्वराजमज्दा ३३ सिट क्षमता भएको विद्यालय बस प्राप्त भयो । हाल यस त्रिभुवन मा.वि. मा ११ र १२ तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ । यस क्षेत्रका स्थानिय जनता शिक्षाप्रेमीहरुको प्रयासमा सि.टी.इ.भी.टी.बाट सम्बन्धन प्रँप्त गरि १८ महिने सबओभरसियरको कक्षा सञ्चालन तथा २०७३ साल देखि कक्षा ९–१२ मा प्राविधिक धार थप गरि इलेक्ट्रिकल ओभरसियरको कक्षा पनि सञ्चालन हुंदै आएको छ ।

यस त्रिभुवन मा।वि। बेलाटारीको स्थापना प्रतापपुर गा।वि।स। निवासी स्व। निमिन्द्र राज कण्डेलले स्थानिय जनताहरुको भेला गराई २००९ साल माघ १० गते त्रिभुवन मिडिल स्कुलको नामांकरण गरि गर्नु भएको हो । तत्पश्चात स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा २०१२ साल श्रावण २४ गते शिक्षा विभागबाट स्वीकृति प्राप्त भयो । २०२७ साल जेष्ठ महिनामा मुख्य गण्डक पश्चिमी नहर निर्माण हुंदा स्थानीय कृषकहरुको मुवाब्जाबाट ५∞ रकम कट्टागरी त्यसबाट केही अंश यस विद्यालयलाई प्राप्त भइ तत्कालिन संचालक समिति एंव प्र।अ।को सकृयतामा ७ कोठे पक्की भवन र एउटा हलको जग बसालियो । यहांका स्थानिय जनताहरुको मांग अनुसार तत्कालिन गृह सचिव श्री शेर बहादुर शाहीको प्रेरणाबाट गण्डक योजना विहार सरकारको आर्थिक एंव प्राविधिक सहयोगबाट २०२८ सालमा उक्त जगमा भवन निर्माण कार्य सम्पन्न भयो ।

यस क्षेत्रका शिक्षाप्रेमी जनताहरुको आकांक्षा अनुसार १०ं२ संचालनार्थ घरदैलो कार्यक्रमबाट रु।४ लाख संकलन गरी २०७५ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी शिक्षा संकाय अन्तर्गत ११ र १२ कक्षाको पठनपाठन संचालन भयो ।

२०७६ सालमा यस विद्यालयले ५० वर्षको लामो इतिहास पार गरी स्वर्ण महोत्सव समारोह सम्पन्न गरियो । यसै अवसरमा स्थानिय शिक्षा प्रेमीहरुबाट संकलित आर्थिक सहयोगबाट स्वर्णजयन्ती स्तम्भ निर्माण गरीयो ।