ऐतिहासिक पृष्ठभुमि पाल्पा जिल्लाको डेडु दोभान गाँउ पञ्चायत वडा नं। ५ स्थित ओखलढङ्गा गाउँमा शिक्षाको कुनै अवसर नभएको अवस्थामा बाहिरबाट कक्षा ८ र १० उत्तीर्ण मानिसहरुलाई बोलाई चउरमा वसी सामान्य अक्षर चिनाउने र लेखपढका कुराहरु गर्दै आइरहेको थियो । यसै समयमा ओखलढुङ्गाका स्थानीय समुदायबाट पैसा र अन्नपातहरु उठाई प्रत्येक टोलमा १ शिक्षक राखी चउरमा बसेर पढ्ने गरिन्थ्यो । रु त्यतिबेला ओखलढुङ्गा जिम्माल टोल र मुखिया टोल गरी दुई टोलमा विभाजित थियो । त्यसपछि जिम्माल टोलका शिक्षाप्रेमी श्री कोकल सिं बगाले , श्री केहेर सिं सार्की र श्री मुलुङ सिं घर्ति मगरको अगुवाईमा प्र। अ। -हालको रिब्दीकोट गा। पा।- मा पर्ने डबका धतुरेका श्री इमान सिं कुँवरद्वारा स्थानीय स्रोतबाट व्यहोर्ने गरी ३ कोठे भवन निर्माण गरी जि। शि। का। पाल्पाबाट मिति २०२७र०२र२२ गतेबाट लागु हुनेगरी श्री नेपाल राष्ट्रिय ज्ञानोदय प्राथमिक पाठशालाको रुपमा अस्थायी -अनुमति-प्राप्त गरी सुरु भएको हो । विद्यालयको नामाकरण गर्ने क्रममा त्यतिबेलाका शिक्षा प्रेमीहरुको सल्लाह बमोजिम ज्ञानंउदय अर्थात ज्ञानको सुरुवात गर्ने वा ज्ञान दिने ठाउँको रुपमा राखिएको पाइन्छ । वि। स। २०४८ साल पछि यो फेक गा। वि। स। बाट छुट्टिई कचल गा।वि।स। वडा नं। २,स्िथत पर्दछ । मिति २०३१र०८र३० मा श्री ज्ञानोदय प्रा।वि। फेक—५,ओखलढुङ्गा पाल्पामा विद्यालय कक्षा १—३ सम्मको स्वीकृत प्राप्त भएको जि ।शि।का।पाल्पाबाट शिक्षक दरवन्दी कोटा प्राप्त गरी प्र।अ।श्री केशव राज बश्याल ,श्री गोकर्ण बहादुर सुनारीको अध्यक्षतामा सहयोग समिति निर्माण भएको थियो ।